रेशम वलीको नयाँ तीज गीत ‘जमिनै थरर’ बजारमा


बराहताल मुभि हाउसको प्रस्तुतीमा रेशम वलीको नयाँ तीज गीत ‘जमिनै थरर’ बजारमा आएको छ । टीका पुनको आवाजमा रहेको उक्त गीतमा शब्द रेशम वलीको रहेको छ ।

गीतका लागि पवन योगी र कविराज गिरीको संगित रहेको छ भने कमल सौरागले संगित सम्पादन गरेका छन्।

सुर्खेतमा छायांकन गरिएको गीतको भिडियोलाई चन्द्र मन्दीर मगरले निदेशन गरेका छन् भने भिडियोमा सुधा कार्की, अस्मिता गुरुङ, जानकी शाही, लक्ष्मी गिरी र लक्ष्मी शाहको मुख्य अभिनय देख्न सकिन्छ। गीतमा क्यामेरा र भिडियो सम्पादन चानस पुन मगरले गरेका छन्।