प्राकृतिक विपत्तीबाट मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय


काठमाडौं । अविरल वर्षाका कारण देशभर गएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई सरकारले नगद सहयोग गर्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्तीबाट घाइते भएकाहरुको परिवारलाई निशुल्क उपचार गराउने निर्णय गरेको थियो । साथै प्राकृतिक विपत्तीको कारण मृत्यु भएका प्रतिव्यक्तिलाई दुई लाख उपलब्ध गराइने गृहमन्त्रालयले जनाएको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेको थियो ।

गृहले सोमवार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कुनै परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख, सोही परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराइने,’ ।

साथै एकाघरका परिवारका सबै सदस्यको मृत्यु भएमा भने सोको राहत कसैलाई पनि उपलब्ध नगराइने पनि जनाइएको छ ।