कोरोना संक्रमित धेरै भएका यी १० देश !


काठमाडौं । चीनको वुहान शहरमा डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ३० हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ७१ हजार ३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९३ लाख ४८ हजार १६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा अहिले ५३ लाख ९२ हजार ७३८ जना उपचाररत छन् । पछिल्लो २४ घण्टा यता विश्वमा ७९० जनाको मृत्यु भईसकेको छ भने ६ हजार १०६ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म अमेरिकामा कोरोनाका कारण १ लाख ४६हजार १८३ जनाको मृत्यु भएको छ भने ४१ लाख ८७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा ८२ हजार ८९० जनाको मृत्यु भएको छ भने २२ लाख ३१ हजार ८७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भारतमा १२ लाख ३९ हजार ६८४ जनालाई संक्रमण भएको छ भने २९ हजार ८९० जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा ७ लाख ८९ हजार १९० जनालाई संक्रमण भएको छ भने १२ हजार ७४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा ५ हजार ९४० जनाको मृत्यु भएको छ भने ३ लाख ९४ हजार ९४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा ३ लाख ६६ हजार ५५० जनालाई संक्रमण भएको छ भने १७ हजार ४५५ जनाको मृत्यु भएको छ ।

त्यस्तै मेक्सिकोमा ४१ हजार १९० जनाको मृत्यु भएको छ भने ३ लाख ६२ हजार २७४ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७९० जनाको मृत्यु मृत्यु भएको छ भने ६ हजार १९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चिलीमा ८ हजार ७२२ जनाको मृत्यु भएको छ भने ३ लाख ३६ हजार ४०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्पेनमा ३ लाख १४ हजार ६३१ जनालाई संक्रमण भएको छ भने २८ हजार ४२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा ४५ हजार ५०१ जनाको मृत्यु भएको छ भने २ लाख ९६ हजार ३७७ जनालाई संक्रमण भएको छ ।