वीरेन्द्रनगरको विशाल मिनिमार्केटमा घरभाडा छुट


सुर्खेत । सुर्खेतको बीरेन्दनगर नगरपालिका वडा न ३ पतेनी मार्गमा रहेको बिशाल मिनिमार्केटमा रहेर विभिन्न ब्यवसाय गर्दै आईरहेका व्यवसायीहरुले तिर्नुपर्ने घरभाडा छुट गरिएको छ ।नेपाल सरकारले कोरोना भाइरसबाट बच्न गरेको लकडाउनको अवधिमा घर बहालमा बस्नेहरुको घरभाडा छुट दिन गरेको आग्रह अनुसार सुर्खेतका व्यवसायी तथा समाजसेवी विशाल ढकालले बैशाख महिनाको कोठाभाड़ा बापतको पैसट्ठि हजार पाँच सय रुपैया छुट दिएका छन ।

२०७४ सालमा जग्गा भाडामा लिएर ढकालले मिनिमार्केट निर्माण गरेका थिए । ढकालले सरकारले १ महिनाको घरभाडा छुट दिन आग्रह गरेकोमा आफुले सरकारको आग्रहलाई सहर्ष स्वीकार गर्दै विभिन्न ब्यबसाय गर्दै आईरहेका ब्यबसायीहरुको अवस्थालाई मध्यनजर गर्दै कोठाभाडा छुट गरेको बताए । आफुले आफ्नो कर्तव्य पुरा गरेको भन्दै उनले बन्दाबन्दीका कारण व्यवसायीहरु ठूलो मारमा परेको अवस्था रहेकाले सरकारले यसतर्फ केही राहतका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

यता ढकालले संचालनमा ल्याएको विशाल मिनिमार्केटमा व्यवसाय गरेर बसिरहेका ब्यापारीहरुले लकडाउनका कारण आफ्नो पसल बन्द गर्नुपरेको र दैनिक गुजारा गर्न समस्या परिरहेको बेला १ महिनाको घरभाडा छुट पाउँदा निकै राहत पुगेको बताएका छ्न ।