दैलेखको महाबु गाउँपालिकाका थप १० जना व्यापारीहरुमा देखियो कोरोना : ठाटीकाँधमा निषेधाज्ञा जारी


Image Not Found

निषेधाज्ञा जारी गरिएको दैलेखको ठाटीकाँध बजार

दैलेख । दैलेखमा कोरोना रोकथाम तथा नियन्त्रणमा लापरवाही हुँदा समुदायस्तरमा कोरोना फैलिएको छ । स्थानीयतहको लापरवाही र व्यापारीहरुको अटेरीले गर्दा समुदायस्तरमा कोरोनाका संक्रमित देखिन थालेका हुन् । नयाँ संक्रमित हुनेहरुमा अधिकांश स्थानीय व्यापारीहरु रहेका छन् ।

बुधवार ठाटीकाँध गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको थियो ।  जसमा  बजारका व्यापारी, शिक्षकहरु र एक जान स्थानीयमा कोरोना भेटिएको थियो भने बिहीवार पुनः महावु गाउँपालिकाका १० जना व्यापारी र एक जना वडा सचिवमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
स्थानीय स्तरमा कोरोनाका बिरामीहरु देखिन थालेपछि गाउँमा त्रास बढेकोले ठाटीकाँधमा निषेधाज्ञा जारी गरिएको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरी ठाटीकाँध गाउँपालिका निषेधाज्ञा जारी गरेको सार्वजनिक गरेको छ । प्रशासन कार्यालय दैलेखले गाउँपालिका चारकिल्ला तोकी पुर्वमा रामघाट खोला, पश्चिममा खामपाटे, उत्तरमा भर्ता लेक र दक्षिणमा स्याउलेकाँध नाका बन्द गरेको जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

समुदायस्तर कोरोना भाइरस फैलिएको भन्दै सर्तकता अपनाउन र संक्रमण फैलिन नदिन सिल गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । निषेधाज्ञा अवधिभर गाउँपालिकामा आवतजावत, भीभाड, भेटघाट, जमघट नगर्नको लागि २०७७ साउन ८ गतेको दिउसो १२ बजेदेखी अर्को आदेश जारी नहुञ्जेल सम्म बन्द गरिएको हो ।

एकजनाको अवस्था गम्भिर 
ठाटीकाँध गाउँपालिकामा बुधवार कोरोना पुष्टि भएका १६ जना कोरोना पोजेटिभ  मध्ये एकजनाको अवस्था गम्भिर रहेको ठाटीकाँध गाउँपालिकाले जानकारी दिएको छ । कोरोना पुष्टि भएका ठाटीकाँध गाउँपालिका –१ का ६० वर्षिय कृषक पहिले देखी अल्सरको बिरामी भएको हुँदा अवस्था गम्भिर देखिएको हो । उनको दुईपटक आन्द्रा अप्रेसन भएको हुँदा घाउ पाकेको छ । अवस्था गम्भिर छ । चाँडै नै अन्यत्र लिएर उपचार गराउँदा जोखिम कम हुने प्राथमिक स्वास्थ्य केन्द्रका स्वाथ्यकर्मीले  बताएका छन् ।

थप २४ जनामा कोरोना पुष्टि 
बिहीवार मात्र दैलेखमा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको छ  ।  महावु गाउँपालिकाका १० जना व्यापारी र एक जना वडा सचिव, आठबीस नगरपालिकाका भारतबाट आएका १२ जना र डुङ्गेश्वर गाउँपालिकाको एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

महावु गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश दशौंदीका अनुसार गाउँपालिकाको वडा नम्बर १ खरिगैराका ८ जना, गैडाबाज बजारका २ जना गरी जम्मा १० जना व्यापारीलाई कोरोना संक्रमण भएको हो भने एक जना वडा कार्यालयका सचिवलाई समेत कोरोना संक्रमण भएको हो ।

यस्तै आठबीस नगरपालिकाका १० पुरुष र २ महिला गरी १२ जना नयाँ संक्रमित थपिएका छन् । आठबीसका कोरोना संक्रमित सबैजना भारतबाट आएका हुन्,’ स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मिले भने, ‘डुङ्गेश्वर गाउँपालिकामा एक जना गरी बिहीवार मात्र जम्मा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जम्मा २ महिला र २२ जना पुरुष रहेका छन् । आर्थिक अभियानबाट