१ वर्षअघि निर्माण सकिएको सिटी बसपार्क भदौदेखि सञ्चालनमा आउँदै


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्क भदौदेखि सञ्चालन ल्याइने भएकोे छ । निर्माण सम्पन्न भएको एक वर्षपछि बसपार्क सञ्चालनमा आउन लागेको खबर आजको साझा बिसौनी दैनिकमा प्रकाशित छ ।

निर्माण कार्य एक वर्षअघि नै सम्पन्न भए पनि नगरपालिका र व्यवसायीबीच विवाद भएपछि बसपार्क सञ्चालनमा ढिलाइ भएको हो । वीरेन्द्रनगर नगरपालिकाले विवाद सुल्झिएको बताउँदै आगामी भदौ एक गतेदेखि बसपार्क सञ्चालन गर्ने गरी तयारी थालेको जनाएको छ ।