समसामयिक विषयमा ब्यङ्गयसहितको छेउन टुप्पो सिरिएल युटुबमा (भिडियोसहित)


सुर्खेत । नेपाल र अमेरिकाका समसामयिक कथा माथी नेपाली कमेडी सिरिएल सुरु भएको छ । उद्धव सिलवाल पोडक्सनको ब्यानरमा नेपाल र अमेरिकामा रहेका नेपाली कलाकारको साथमा कमेडी सिरिएल’ छेउ न टुप्पो’को प्रसारण सुरु भएको हो ।
शनिवारबाट सुरु भएको यस सिरिएलले भाग १ मा बर्तमान महामारी कोभिड १९ लाई केन्द्रमा राखेर सन्देश र मनोरञ्जनमुलक सामग्रीलाई समेटेको छ । २५ प्रतिशत अमेरिकामा र ७५ प्रतिशत नेपालमा छायांकन हुने यस कमेडी सिरियलमा प्रकाश कणेल गुलेली कान्छा, भिम पौडेल, उद्धवराज सिलवाल, विनिशा पोख्रेल, कल्पना कार्की, सरोज धिमाल, सुनिता धिताल, लक्ष्मण न्यौपाने, नमुना थापा, असोक रावत, राज भेटुवाल लगायतका कलाकारको अभिनय रहने छ ।

भिम पौडेल र उद्धवराज सिलवालको कथा, स्क्रिनप्ले, संवाद र निर्देशन रहने यस सिरियलको शिर्ष गीत नेपाल आईजल रवि ओडले गाएका हुन् जसलाई भिम बिसीले रचना तथा संगीत गरेका हुन् भने संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ । अमेरिकाबाट सञ्चालित नेपाली अनलाईन पत्रिका यूएस खबर डटकम प्रोडक्सन मिडिया पार्टनर रहेको टेलि सिरिएल छेउ न टुप्पो मनोरञ्जन मुलक सन्देस प्रवाह सहितको सिरियल हो ।

प्रोडक्सन हाउसबाट, कान्छि हे कान्छि, कुम जोडी नाचौं, छोटो भो फरिया, रे पटम फरर लगायतका तीज तथा अन्य विधाका गीतहरु सार्वजनिक भएका छन् ।

अमेरिका र नेपालका कलाकारलाई जोड्ने हेतुका रुपमा निर्माण हुँदै गरेको यस सिरियल निर्माणको योजना देखी प्रचार प्रसार सम्मका लागि यूएस खबरका संचालक टेक्सस निवासी किशन रेग्मीको सुझाव र सहयोग रहेको बताउँदै उनले सिरियलका कथाहरु पहिले नै तयार गर्ने भन्दा पनि दर्शकको मागलाई ध्यानमा राखी लेखिने र छायांकन गरिने जानकारी दिएका छन् । साथै उनले पहिलो भाग हेरेर सल्लाह सुझाव र प्रतिकृया दिन समेत दर्शकहरुलाई आग्रह गरेका छन् ।