कालिकोटमा पहिरो: एकै परिवारका पाँच जना बेपत्ता


कालिकोट । वर्षाको कारण जिल्लाको रास्कोट नगरपालिका– १ लहरेला बडोलतोलामा आएको पहिरोले ५ जना बेपत्ता भएका छन् । स्थानीय जयबहादुर शाहीको घर बगाउँदा घरमा रहेका पाँच जना बेपत्ता भएका हुन् ।

लगातारको अविरल वर्षाका कारण सोमबार राति घरको माथिबाट आएको पहिरोले घर बगाउँदा घरमा सुतिरहेका जयबहादुर शाहीका छोराछोरी र धर्मपत्नीसहित पाँच जना वेपत्ता भएको स्थानीय कालि विक्रम शाहीले बताए ।

अहिले बेपत्ताको खोजी कार्यको लागि प्रहरी, प्रशासन, नगरपालिका र स्थानीयलगायत निरन्तर लागिरहेका छन् । शाहीको धनजनको पनि ठूलो क्षति भएको छ । विस्तृत विवरण आउँन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै अबिरल वर्षाका कारण जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन् । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले बर्खाको समयमा सबैलाई सतर्कता रहन आग्रह गरेको छ । सौर्यअनलाइन बाट