कालिकोटमा पहिरोः ९ जनाको मृत्यु


कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा छुट्टाछुट्टै ठाउँमा पहिरो जाँदा नाैजनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका– ७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकैघरका सातजनाको मृत्यु भएको हाे भने गाउँपालिको ४ नं. वडा माझगोठीमा दुईजनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका– ७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा सातजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोले घर पुर्दा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको हो ।

गंगे बुढाको ११ जनाको परिवारमध्ये घर बगाउने समयमा चारजना भाग्न सफल भएको र उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

यस्तै नरहरिनाथ गाउँपालिका– ४ को माझगोठीमा बाले बुढाको घर भत्कँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।