कलियुगमा मेरो देश !


तिलक पौड्याल
बदलिँदो समयसङ्गै
बिकासका एजेन्डा त लियौ
तर सत्ता र स्वार्थको खिचातानीमा तल्लिन मेरो देशमा,
केवल विनाश मात्रै भैरह्यो।
हिजो बिरताको चिनारी ती रगतको खोलाहरु बगेर बनेको सामुन्दृक तट
आज फुटेर छताछुल्ल भएको छ।
संचित हुने गहिरो ठाँउ छैन।
समयले परिवर्तन चाहेरै
अनेकन आन्दोलन त दिलायो।
तर शान्तिपुर्ण नभई  हिंस्रक रुप लियो।
कागजी पानामा परिवर्तनको नाम त लेखियो।
तर ब्यबस्था फेरिएन।
राजनीतिक ब्यबस्थापनका लागि केवल तछाडमछाड गरियो।
जनताको जनजीवन उहीँ रह्यो।
जुन पुरातनमा ब्याप्त थियो।
शान्ती,सुशासन र अमनचयनका नाउँमा
अपराधिक गतिविधिले बढवा पायो।
निर्मला पन्त जस्ता कयौं चेलीहरु बलत्कृत हुनुपर्यो।
नन्दप्रसाद र गंगामायाजस्ता कयौं आमाबाबु आफ्ना लालाबाला ती सन्तानहरु गुमाउनुपर्यो।
माया अनि यौवनताले पवित्रा जस्ता कयौं नारीहरु एसिड प्रहारका कारण कुरुप हुनुपर्यो।
दशकौं कालखण्डदेखि बस्दै आएको त्यो चेपाङ बस्ती उजाडिनु पर्यो।
कयौं ऐलानी क्षेत्रहरू अतिक्रमण भए।
प्रकृतिको शोभायमान ती बनपैदावारहरु मासिए।
थकाइ लाग्दा बिसाउने ती,
पाटीपौवा,चौतारी अनि चौरका ती संरचनाहरु ध्वस्त भए।
र पनि केन्द्रिय सरकार मौनतामा पौडी खेल्दै आनन्द लिइरहेको छ।
कठै नेपाल आमा
कोहीलाई बेदनाको पासोमा जेलाएर
अनि कोहीलाई मुस्कुराहट पारेर त हेर्यौ।
तर सबैलाई एकताको पाटोमा ल्याई समान बनाएर
शान्तिका साथ श्वास फेर्दै,
मुस्कुराउने हो तिमी कहिले??