मुख्यमन्त्री शाहीद्धारा शाेक व्यक्त


सुर्खेत ।
निरन्तर रुपमा आएको अविरल वर्षाको कारण कर्णालीका विभिन्न स्थानमा भएको घटना प्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोक व्यक्त गरेका छन् ।
बुधबार मुख्यमन्त्री शाहीका स्वकिय सचिव खेमवहादुर सिंहद्वारा जारी वक्तव्यमा मुख्यमन्त्री शाहीले लगातार भइरहेका वर्षाका कारण भइरहेको घटनाले आफुलाई स्तव्ध बनाएको बताएका छन् ।
विपद्का कारण ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु, वक्तब्यमा भनिएको छ । साथै घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको समेत वक्तब्यमा उल्लेख छ ।
विपद् प्रभावित परिवारहरुको पिडा आफुलाई गहिरोसंग महशुस भएको बताउदै मुख्यमन्त्री शाहीले विपद प्रभावितहरुको उद्धार, राहात, पुन:स्र्थापना एवं मृतकका परिवारलाई प्रदेश सरकारद्धारा गरिएको विपद् दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसकेको उक्त वक्तब्यमा उल्लेख गरिएको छ ।
यस अघि साउन १४ गते गएको पहिरोमा परी कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा ९ जना, साउन १३ गते रास्कोट नगरपालिकामा १ जना, रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने रास्कोट नगरपालिकामा ५ जना वेपत्ता रहेका छन् ।