प्रधानाध्यापक न्यौपानेको प्रष्टोक्ती: ‘छात्रवृत्तिको रकम छिट्टै विद्यार्थीले पाउँछन्, कसैले हिनामिना गरेको छैन’


सुर्खेत । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ स्थित देउति आधारभूत विद्यालयमा छात्रवृत्तिको रकम दुरुपयोग भएको भन्ने हल्ला झुट भएको प्रधानाध्यापक अनिता कुमारी न्यौपानेले बताएकी छन् । विद्यालयमा अध्ययनरत दलित विद्यार्थीका लागि आएको छात्रवृत्तिको करिब ५० हजार रकम दुरूपयो गरि सरोकारवालालाई थाहा नदिइ खाताबाट झिकेको समाचार केहिदिनअघि विभिन्न संचारमाध्यममा प्रकाशित भएको थियोे ।

प्रधानाध्यापक न्यौपानेले उक्त छात्रवृत्तिको रकम लकडाउनका कारण विद्यार्थीलाई बाँड्न नसकिएको र छिट्टै बाँडिने विज्ञप्ति जारी गरेर जनाएकि छन् । ‘१ सय र ५० का नोटहरू मलाई नै यहाँ भारी भएका छन् ।’ उनले भनिन्, ‘हामिले चैत १५ गते बितरण गर्न भनी बैंकबाट निकालेको तर लकडाउनका कारण बाँड्न सकिएन ।’

जिल्ला प्रशासन कार्यालय दैलेखले विद्यालयका प्रधानाध्यापक अनिता कुमारी न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद रेग्मीलाई ३ दिनभित्र स्पष्टीकरण सहित बैंक स्टेटमेन्ट पठाउन अनुरोध गरि साउन ९ गते पत्रसमेत पठाएको थियो ।

 

५ महिनादेखि छात्रवृत्तिको रकम प्रधानाध्यापको गोजिमा, अभिभावकले जवाफ खोज्दा बैठकमै अनुपस्थित