रम्पाल देवताको नबनिर्मित प्याराफिडको मन्त्री बुढाद्धारा अनुगमन


हुम्लीहरुको आस्थाको धरोहर सिमकोट गाउँपालिका २ मा रहेको रम्पाल देवताको माडुको नबनिर्मित प्याराफिडको उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री नन्द सिह बुढा द्धारा साउन १७ गते अनुगमन गरिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा र जिल्ला बन कार्यालयको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । लग भग ३३ लाख रकममा निर्माणधिन प्याराफिटको निर्माण कार्य सम्पन्न भए संगै उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री द्धारा साउन १७ गते अनुगमन गरिएको हो ।

बिगतमा यस्ता योजनाहरु उपक्भोता मार्फत गरियता पनि यो बर्ष भने ट्यान्डर मार्फत उक्त कार्य संचालन गरिएको थियो । उपभोक्ताले गरेको काम भन्दा ट्यान्डर ले गरेको काम मन्त्रालयले चाहेको जस्तो भएको ले आफु खुसि भएको उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्रि बुढाले बताउनुभयो । मन्त्री बुढाको टोलिलाई ठेहेका स्थानिय बासिहरुले बाजा बजाउनुका साथै टिकाटालो गरेर स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा मन्त्री बुढाले रम्पालदेवताको संमरचना जोगाउनु हामि सबैको कर्तव्य हो भन्दै यसलाई निर्माण र मर्मतको लागि लाग्ने आर्थिक सहयोग आफुले पठाउने प्रतिबद्धता जनाएको नेपाल कम्यिुनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य बिजय भण्डारिले कर्णालि सरोवरलाई जानकारि दिनु भयो । मन्त्री बुढाकोको टोलि पर्यटकिय नगरी रलिङ्घ गुम्बाको अनुगमनकोलागि बास बस्ने गरि गएको थियो ।

मन्त्री बुढाको टोलिलाई बरगाँउ र तोर्पाका स्थानिय बासिहरुले आफ्नो परम्परा अनुसार स्वागत गरेका थिय । तोर्पागाउ पुगेका मन्त्रीलाई सिमकोट वडा नम्बर ३ का वडा अध्यक्ष ताक्ला जिक्मेत लामाले तोर्पागाउ पर्यटकिय नगरी रलिङ्घ गुम्वा जाने मुल बाटोमा पर्ने भएकोले होमस्टे बनाउन आर्थिक सहयोगको लागि एक अनुरोध पत्र बुझाउनु भयो ।