जन्मदिनमा वृक्षारोपण


सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ संकाय चौथों बर्षमा अध्ययनरत बिद्यार्थी मिलन बिसीले विश्वविद्यालयको प्रागणभित्र वृक्षारोपण कार्यक्रम गरी जन्मदिन मनाएका छन् । ‘एक बर्ष एक बिरुवा ‘ भन्ने सोचका साथ बिसीले बिगत केही बर्षका जन्मदिनहरूबाट वृक्षारोपणलाई निरन्तरता दिइरहेका छन् । वृक्षारोपणमा उनले अनार,आँप,लिची जस्ता फलफूल तथा सिसौ, धुपी सल्लो, लालुपाते जस्ता बाताबरणिय सुन्दरता एवम् सन्तुलन कायम राख्न योगदान दिने बोटबिरुवाहरू रोप्ने बताए ।
वर्तमान समयमा जन्मदिन लाई भड्किलो र दुर्व्यसनी तर्फ केन्द्रित गरेर मनाउने परम्परा लाई तोड्दै रचनात्मक कार्य अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।