युथ अफ सल्यान ग्रुपद्वारा नेपाली र बुढालाई उपचार सहयोग रकम हस्तान्तरण
ग्रुपले सञ्चालण गरेको किरण नेपाली र झुप बहादुर बुढा बचाउ अभियानमा दाङ घोराहि उपमहानगरपालिका घर भै हाल अमेरिका बस्दै आउनु भएका आषिस मगरले राप्ती कम्युुनिटि अर्गनाईजेसन मार्फत संकलण गरेर पठाएको जम्मा एक लाख छेहत्तर हजार दुई सय पैतिस मध्ये मंगलबार,किरण नेपाली लाई रु साठि हजार र झुपलाल बुढालाई रु सहत्तर हजार रकम हस्तान्तरण गरिएको हो ।
भिर बाट लडेर एक वर्ष घाईते भएका झुपलाल बुढाको आर्थिक अवस्था कमजोर भएको र स्वास्थ्य अवस्था पनि नाजुक भएकोले हाल उनलाई जिल्ला अस्पताल सल्यानमा भर्ना गरीएको र विरामीका ३ जना कुरुवालाई शारदानगर पालिकाले खानाको व्यवस्था गरिदिएको ग्रुपका अभियान्ता अनिल भण्डारीले नयाँ दृष्टि लाई वताए । साथै हाललाई किरण नेपालीलाई सहयोग पुगेकोले उनको लागी तत्काललाई सहायो संकलन नगरिने पनि उनले बताए ।
ग्रुपले संचालण गरेको सहयोग अभियानमा आर्थिक सहयोग संकलण गरेर सहयोग गरेकोमा आषिस मगर लगाएत सबै सहयोग दाताहरुलाई ग्रुपले धन्यावाद व्यक्त गरेको छ ।यस अघि ग्रुपको सक्रीयता सल्यानका एथ्लेटिक्स प्रशिक्षक रबिन राईको उपचारको लागी पनि सहयोग रकम संकलण गरेर हस्तान्तरण गरीएको थियो ।
