कर्णालीको बजेट खर्च ४७ प्रतिशत, मुख्यमन्त्री कार्यालय फेल, कृषि मन्त्रालय फस्ट डिभिजन


सुर्खेत ।
कर्णाली प्रदेश सरकारको अघिल्लो आर्थिक वर्ष १०७६/७७ मा कुल बजेटको ४७.६५ प्रतिशत बजेटमात्रै खर्च गरेको छ । अर्थात प्रदेश सरकारले सेकेन्ड डिभिजनमा बजेट खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबैभन्दा कम २३.१४ प्रतिशत बजेटमात्र खर्च गर्दा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा बढी ७७.२६ प्रतिशत बजेट खर्च गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

प्रदेश ब्यवस्थापिकाले ६४.८७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ५७.७९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले ४२ प्रतिशत र उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले ५१.४० प्रतिशत बजेट खर्च गरेका हुन् ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६१.१४ प्रतिशत, भौतिक पूर्वाधार बिकास मन्त्रालयले ४३.७७ प्रतिशत, सामाजिक बिकास मन्त्रालयले ६१.६९ प्रतिशत र कर्णाली प्रदेश योजना आयोगले २४.४८ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले जनाएको छ ।