परिवर्तन


धिरेन्द्र सापकोटा

हामी एउटा नयाँ युगमा बाँचिरहेका छौं।
सयौं परिवर्तनका सपना साचीरहेका छौं ।
देशमा लोकतन्त्र आएको छ;
संघीयता छाएको छ,
नयाँ सुर्यको सुनौलो किरण संगै हासीरहेका छौं ।

हजुरबुबा भन्नुहुन्छ;
हामी पार्टीमा खरिले लेखेर पढ्थ्यौं।
स्वतन्त्रता थिएन सामन्ती को अत्याचार मा पथ्यौं।
हुदैनथ्यो घर छेउमा पसल पनि;
नेपालगन्ज को नुन बोकेर दैलेख पुर्‍याउने गथ्यौं।
हजुर आमा भन्नुहुन्छ,अशिक्षित थिए नारीहरू ;
घरको काम गर्थ्यौ न लेख्थ्यौ न पढ्थ्यौं।

केही परिवर्तन भएछ बुबा मम्मिको पालामा।
परिबर्तन भएछ बिद्यालय नजाने चालामा ।
अनुभव सुनेको ,
पढ्न जानू अगाडि घाँस दाउरा ल्याउनु हुन्थ्यो अरे।
पढेर आएपछि घरको काम भ्याउनु हुन्थ्यो अरे।
टुकीको भरमा पढेर प्रथम स्थान ल्याउनु हुन्थ्यो अरे।

कत्ति परिवर्तन भएछ वर्तमानमा ,
बिद्यार्थीलाई बिद्यालय ल्याउन पुर्‍याउन गाडी आउछ ।
ल्यापटप र प्रोजेक्ट ले कक्षामा पढाउछ।
बिद्यार्थी लाई प्रबिधिमा अब्बल बनाउछ।

यस्तै यस्तै परिवर्तन पनि बुढा हुनेछन् ।
समय संगै नयाँ खोजका कुरा हुनेछन् ।
प्रतिस्पर्धात्मक युग हो यो,
हरेकले देखेका परिवर्तनका सपना पूरा हुनेछन् ।