राम्रोको लागि इन्टरनेट


सुर्खेत ।
बालबालिकाहरूको इन्टरनेटमा सुरक्षा जोखिम बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । सिर्जनशील समाज नेपालको नेट फर गुड अचियानले संचालन गरेको इन्टरनेटमा वालवालिकाहरूको सुरक्षा सम्बन्धि भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनिहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी युवा, विद्यार्थी, अभिभावक लगायत वालवालिकाको इन्टरनेट सुरक्षामा ध्यान दिने सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागी सरोकारवालाहरूले बालबालिकालाई इन्टरनेटको सहि सदुपयोग गराउन अभिभावकले भुमिका खेल्नुपर्ने बताए । उनिहरूले बालबालिकालाई इन्टरनेट राम्रोको लागि प्रयोग गर्न सुझाउनुपर्ने बताएका हुन् ।

“पछिल्लो समय इन्टरनेटको गलत प्रयोगका कारण धेरै नागरिकहरू साइबर अपराधको सिकार बनिरहेको तथ्यांकले देखाउँछ ।” आयोजक सिर्जनशील समाज नेपालका हरिबोल आचार्यले भने, “इन्टरजेटको गलत प्रयोग गरि अपराधमा संग्लग्न हुने र साइबर अपराधको सुचिमा पर्ने बालबालिकाहरू पनि धेरै छन् । हामिले इन्टरनेट राम्रोका लागि प्रयोग गर्नुपर्छ भनेर ‘नेट फर गुड’ अर्थात ‘राम्रोका लागि इन्टरनेट अभियान संचालन गरेका हौं ।”

संस्थाले सरोकारवालासंग छलफल बालबालिकालाई इन्टरनेटमा कसरी सुरक्षित राख्ने भनी स्थानीय तहका नीति तथा कार्यक्रममा कसरी समेट्ने भन्दै बहस गर्दै आएको छ । वालबालिकाहरूलाई इन्टरनेटमा कसरी सदुपयोग गर्ने भनी सिकाउने र सिकाइएका बालबालिकालाई कम्तीमा ३ जना अन्य वालवालिकाहरूलाइ सेयर गर्न लगाउने अभियान पनि संस्थाको रहेको छ ।