भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा लागू हुँदै


सुर्खेत । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको बैठकले यही भाद्र १ गते विहान ६ बजे देखि भाद्र ५ गते राती १२ बजे सम्म वीरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि निषेधाज्ञा जारी गरिएको बताइएको छ । निषेधाज्ञाको समयमा  स्वास्थ्य सुरक्षा विद्युत दरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अतिआवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।