यरिचोक नजिक एक व्यक्तिको शव फेला


सुर्खेत, ९ भदौं ।  सुर्खेत–जुम्ला सडक खण्डको वीरेन्द्रनगर–३ र ४ मा पर्ने यरिचोक नजिक एक व्यक्तीको शव भेटिएको छ । विहान ६ः०० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वीरेन्द्रनगर–४ निवासी ४५ बर्षिय तुल्सीप्रसाद न्यौपानेको शव रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उक्त व्यक्तीको हत्या वा आत्महत्या भनी अनुसन्धान भैरहेको डिएसपी घर्तीको भनाई छ ।

शव पोष्टमाटमका लागि कर्णाली प्रदेश अस्पताल राखिएको छ ।