वीरेन्द्रनगर नगरपालिकाको १ नं वडा कार्यालयमा रक्तदान


११ भाद्र, सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाको १ नं वडा कार्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखाको सहयोगमा स्थानीय बाङ्गेसिमल वजार व्यवस्थापन समितिको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम १ नं वडा कार्यालयको परिसरमा भएको हो ।

कार्यक्रममा रक्तदान गर्दै बाङ्गेसिमल वजार व्यवस्थापन समितिका अध्यक्ष डम्मर गौतमले यो समयमा रगतको अभाव भैरहे खवर विभिन्न सञ्चार माध्यमहरुबाट सुनेको र साचैनै सुर्खेतका अस्पतालहरुमा पनी अभाव भएको महसुस भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा रक्तदान गर्दै १ नं. वडाका वडाअध्यक्ष गंगाराम सुनारले कोभिडको यो समयमाअस्पतालहरुमा रगतको अभाव भएको महसुस भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो र कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्येक्ष उपस्तिथि भयर रक्तदान गर्नुहुने,समन्वय गर्नुहुने ब्यक्ति , संघ संस्था, मिडिया हाउस ,मिडियाकर्मि लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

कार्यक्रम ४७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।