बिजुली बत्ती र सुर्खेत(कविता)


दिनमा एकपटक होइन! कयौंपटक ;
आउनेजाने क्रम चलिरहन्छ।
प्राधिकरणमा फोन गर्दा;
कहिले बनमा रूख ढल्यो,
कहिले तार चुट्यो,
त कहिले प‍ोल ढल्यो,
भन्ने खबर पाईन्छ ।

यस्तै छ सुर्खेत को पीडा,बत्ती गइरहन्छ।।
बेला बेला झिमिक-झिमिक, भईरहन्छ।।
बत्ती जादा को असर;
पङ्खा चलायर सुत्ने लाई,
मोबाइल चलाउने लाई,
कम्युटर चलाउने लाई,
र अन्य प्रबिधि को प्रयोग गर्ने लाई मात्र होइन ;
बाच्ने अभिलाषा लियर अस्पताल भर्ना भएको , बिरामी लाई पनि परेको हुन्छ ।

बिज्ञान र प्रबिधि को युग हो यो;
बत्ती जादाको असर हरेक क्षेत्र मा परेकै हुन्छ।
तर पनि बत्ती ले झिमिक झिमिक गरेकै हुन्छ।
यो समस्या लाई सरकारले चाडैं सुल्झाउनु पर्यो।
नत्र सरकारको साचो जनता लाई बुझाउनु पर्यो।

  • धिरेन्द्र सापकोटा