विनोद चौधरीलाई कोरोना संक्रमण


अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

‘आजै बिहान पिसिआर को रिपोर्ट आएर कोरोना संक्रमण पुष्टी भएको तर आफुलाई कुनै पनी लक्षण नभएको आफ्नो ट्विट बाट वताएका छन् ।

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।