भोलि (शनिवार) देखि हट्दै वीरेन्द्रनगरको निशेधाज्ञा, के के खुल्छन् ?


सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा भोलि (शनिबार १३ गते) बाट हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदाय स्तरमा फैलन नदिन भदौ १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो ।

जिल्ला प्रशासनका अनुसार भाद्र १३ गतेदेखि बिहान ५ बजेबाट साँझ ७ बजेसम्म बजार खुला गरिने छ । अतिआवश्यकीय लगायतका अन्य विषयमा विशेष सर्तकता अपनाइने छ । त्यस्तै स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबहाक तथा अतिआवश्यकीय सवारी साधनहरु बाहेक अन्यमा जोर बिजोर प्रणाली लागु गरी साँझ ७ बजेपछि निजी तथा सार्वजनिक सावारी पूर्णहरुमा बन्द गरिने छ ।