सज्जा चौलागाईं बनिन तेस्रो नेपाल आइडल


काठमाडौं । चर्चित रियालिटि शो नेपाल आइडल तेस्रो सिजनको विजेता सज्जा चौलागाईं बनेकी छन । शुक्रबार स्टुडियोमा आयोजना गरिएको गायन रियालिटी सो ‘नेपाल आइडल ३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिएको हो । फस्ट रनर अप प्रविढा भेटवाल भए, भने सेकेन्ड रनरअप किरणकुमार भुजेल भएका छन । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएका हुन ।

एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो। यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन्।