कृषिको व्यवसायिकरण र यान्त्रिकरण : अवको आवश्यकता


प्रज्वल रेग्मी , सुर्खेत ।
लकडाउनका कारण सबैभन्दा ठुलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको उच्च लक्ष्य वोकेकोमा विश्व बैंक , एसियाली विकास बैंक , अन्तराष्ट्रिय मुद्रा कोष जस्ता निकायले नेपालको आर्थिक वृद्धि २.५ प्रतिशत देखि बढिमा ४.५प्रतिशत हाराहारी रहने अनुमान गरेका छन् । नेपालको अर्थ मन्त्रालयले यस माहामारीका कारण २ अर्वको  हाराहारीमा क्षति हुने आकलन  गरेको छ । विकसित राष्ट्रहरु लाई यस विषम परिस्थिती बाट  पहिलेकौ अवस्थामा र्फकाउन निकै ठुलो प्रयत्न र समय आवश्यक पर्ने भएता पनि तुलनात्मक रुपमा हाम्रो जस्तो बिकासशील देशले यस माहामारीको समुचित व्यवस्थापन गर्दे समयमै योजनावद्ध कार्य प्रारम्भ गर्न सकेमा वाह्य मुलुकसङ्ग  र्निभर नेपालको र्अथतन्त्रलाई आत्मर्निभर ,स्थायी र दिगो अर्थतन्त्र को जग हाल्ने अवसरका रुपमा अगाडि बढाउन सकिन्छ ।
स्वदेशमा र्फकिएका नेपालीहरुको समुचित व्यवस्थापन गर्न नसकेमा यसवाट आर्थिक सङ्गै सामाजिक एवं राजनितिक समस्या समेत सिर्जना हुने कुरालाई नर्कान सकिदैन । एकातिर १० लाख हेक्टर बालि योग्य जमिन बाझै“ छ भने आर्केतर्फ यही उत्पादन हुन सक्ने डेढ खर्ब रुपैयाँ  वरावरको कृर्षि उत्पादन वाहीरी देशबाट आयात भइरहेको छ ।
त्यसैले यस माहामारीबाट भएको आर्थिक क्षतिपूर्तिका लागी सहजै उपलब्ध जमिन उपयोग र श्रमशीपको परिचालनबाट नेपालको कुल र्गाहस्थ उत्पादनको २६ प्रतिशत योगदान र्गन कृषि क्षेत्रमा भएको क्षतिलाई  कम गर्दै  उपजहरुको उत्पादन , भण्डारण र वितरण प्रणलीलाई थप व्यवस्थित र निरन्तर अगाडी वढाउन राज्यले  उचित कदम चाल्न सक्नुपर्दछ ।
नागरिकका लागी सरकारको संवैधानिक र नैतिक दायित्व र्पयाप्त पोषणयुत तथा गुणस्तरिय खाद्यका नियमित पहुँच  प्रत्याभृत गर्नु रहेको हुन्छ । मुलुकभित्र कुर्षि उत्पादनको प्रचुर सम्भावना रहेको भएपनि वाह्यक मुलुकबाट खाद्यन्न र खाद्य पदार्थको आयात  भइरहेको तितो यर्थाथलाई वदल्न संरक्षित कृषि , सुनिशिचत भन्ने  नीतिगत आधार सहित मन्त्रालयले कृषि बिकास सम्वन्धी अवरधारणा प्रस्तुत गरेको देखिन्छ ।
नितीगत रुपमा उत्पादन सामाग्रीमा अनुदान , सस्तो र सुलभ ऋण , सबै किसानलाई प्रविधीक सेवा , सबै बाली वस्तुको बिमा न्यृनतम बचतको ग्यारेन्टी गरिने कुरा अघि सार्दै यि नितीगत र्कायान्यन वाट किसानले वचत गर्ने सक्छन् भन्ने मान्यता पनि मन्त्रालयले लिएको पाइन्छ । उत्पादनका लागी वजार,जमिनको चक्लावन्दी , यान्त्रीकरण,भण्डारण, प्रोशोधन, सिचाई , बिषदी व्यवस्थापन रोग नियान्त्रण , नया“ प्रबिधी , र्पयावरण , अनुसन्धान र विकास जस्ता कार्य एक साथ सञ्चालन गर्ने पर्ने देखिन्छ ।
प्रकृतिले हामीलाई निकै राम्रो उपाहार दिएको छ । नेपालको हिमाल , पाहाड, तराईमा फरकफरक किसिका खाद्यन्न , तरकारी तथा फलफुल उत्पादन गर्न सकिन्छ । हाल कृषिलाई पेशागत भन्दा पनि व्यवसायिक रुपमा लिन थालिएको छ । सबैको साथ र सहयोग पाइएमा धान, गहुँ  , मकैमा तिन बर्ष भित्र , तरकारी र माछामा दुई बर्ष भित्र , फलफुलमा नेपाल आत्मनिर्भर वन्न सक्छ । नेपालमा राजिनीतिक परिवर्तन समाप्त भएको छ । अबको समय भनेको देशमा आर्थिक प्रगती परिवर्तन गर्ने बेला भएको छ । आथिैक क्रान्तीका लागी जलस्रोत बिकास , पर्यटन बिकास र कृषि बिकास र्गनृु जरुरी छ । कृषि र्माफत ग्रामीण रोजगारीको वृद्दि गर्न सकिन्छ । कृषिजन्य बजार विस्तार गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा  देशलाई आत्र्मिर्नभर बनाउन कृषिको ठुलो भुमिका रहन्छ । उन्नत वीउहरुको प्रयोग , सिचाइ  बिकास , आधुनिक कृषि औजारको प्रयोग , विज्ञ बिशेषज्ञको संलगन्ता लगायतका तरिका मार्फत कृषि उत्पादन वृद्दि गर्न सकिन्छ । हाल १५ लाख हेक्टरमा धान खेती गरिदै“ आएको छ । हामीलाई ५६ लाख मेट्रिक टन धान आवश्यक भएको अवस्थामा हामी करिब ५२ लाख मेट्रिक टन धान उत्पादन गरिरहेका छौँ  । मकै पनि २० लाख मेट्रिक टनको हराहारीमा उत्पादन गरिरहेका छौँ  । हामीलाई २२ लाख मेट्रिक टन भए पुग्छ । गहुँमा हामी आत्मर्निभर छौ“ । तर दातामा आधारित उद्योगहरुले गर्दा केही माग बढेको छ । कृषिमा कुल जनसड्ख्याको ६ प्रतिशतले राजगारी पाइरहेको भएपनि अदक्ष जनशति भएकाले कम पैशामा काम र्गनु वाध्यता छ । कृषिको आधिुनिककरण , व्यवसायिककरण र यान्त्रिकरणको बिकासको लागि प्रधनमन्त्री कृषि आधुनिकरण परियोजना , बाली तथा उत्पादन विशेष क्रियाकलाप , कृषि वजारको र्पूवाधार र्निमाण र मत्स्य विकास र्कायक्रम स्थानिय तहलाई हस्तान्तरण गरिएका छन् ।
कृषि बिकास मन्त्रालय अन्र्तगत निकाय र्माफत बीउ , र्वेना , मल र कृषि औजारमा अनुदान दिने गरेको छ । त्यस्तै सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेशालाई बढ्वा दिने कृषकलाई ५० प्रतिशत सम्म अनुदान दिन्छ । कृषि तर्फ युवाहरुको आर्कषण बढ्दो छ । झनत कोरोना माहामारीका कारण , स्वदेश फिर्ता भएका असंख्य युवामा वेरोजगार समस्या देखिने आकंलन गर्न सकिन्छ । यसलाई नियान्त्रण गर्न पनि सरकारको व्यवस्थित योजनाको आवश्यक दिखिन्छ । युवाहरुको सहभागितालई बढाउन जरुरी छ । त्यसैगरी युव मैत्री र्कायक्रम र अनुदान सिप र कृषि औजार सघाउदै जानु पर्दछ । त्यसैगरी युवा लक्षित तरकारी विकास कार्यक्रम  , युवा मौरी विकास र्कायक्रमलाई लगायतका र्कायक्रम सञ्चालन युवालाई व्यवस्थापन गर्न सकिन्छ । नाफामुखी कृषिका लागी आवश्यक पूर्वाधारसीप र प्रविधीको उपलब्धता नै आउने नितीको प्रथामिता हुनु पर्दछ । कृषिमा आधिुनिक प्रविधी भित्रयाउनु अति आवश्यक छ । अव परम्परागत कृषि प्रणालीले मात्र पुग्दैन । कृषिलाई प्रविधी मैत्री बनाउनु पर्दछ । किसान मैत्री प्रविधी र अध्ययन हुन जरुरी छ । पहिलेको तुलनात्मक हाल केही प्रविधी भत्रिएका भएपनि सबै किसान सङ्ग  पुगेको छैनन् ।
कुल जनड्ख्याको झन्डै ७५ प्रतिशत र्अथात ३६ लाख घर परिवार कृषिमा आश्रित रहेका छन् । हाम्रो खेती प्रणली परम्परागत नै छ । उही हलो , उही एक हल गोरु अनि कुटो कोदलो अनि ति रैथाले वालीले निरन्तरता पाइरहेका छन् ।
उत्पादन वर्षेनी घट्दैछ , किसानले आफुलाई आफैं  भोको बस्न बाध्य परिरहेको छ । यि यस्तै कारणले युवाहरु विदेश पलायन भइरहेका छन् र पाहाड जमिन बा“झो छन भने जनघन्तव बढ्दै जादा  तराईको खण्डिकरण भइरहेको छ । खाद्यन्न र्नियात गर्ने देश अहिले बर्षेनी खाद्य संकट र भोकमारीमा परिरहेको छ र लाखौं  पुजी  बहिर पालायन भइरहेको छ । कृषि प्रणाली लाई नै परिवर्तन र्गनु पर्ने देखिन्छ । उपलब्ध नविनतम स्रोत साधनको प्रयोग गर्दे व्यवसायिक कृषिलाई अगाडी बढाएमा खाद्यन्नमा आत्मर्निभरता सम्भव छ । नेपालले धानमा आत्मर्निभर हुनको लागी लगभग १५.१ लाख टन चामल बढी उत्पादन र्गनु र्पदछ परम्परागत खेती प्रणालीले जमिनको उत्पादन क्षमता घट्दै गइरहेको छ । उपभोतmाको संख्या वृद्दि भइरहेको हुदा“ समयमा नै कुनै विकल्प नखोजिएमा देशले भविष्यमा धरै ठुलो खाद्य संकट व्यर्होनु पर्ने देखिन्छ । उत्पादन लाई वृद्दि गर्न कृषिको यान्त्रिकरण गर्नु आवश्यक देखिन्छ । कृषि र्कममा विभिन्न यन्त्रहरु प्रयोग गरि कामलाई सरल रुपमा सम्पन्न गर्दै उतपादन वृद्दि गर्ने प्रक्रियालाई यान्त्रिकरण भनिन्छ । कृषिका विभिन्न परियोजन फरक फरक यन्त्रको आवश्यक पर्दछ जस्तै ट्रयाक्टर , ड्रिलर , टिलर , मोटरहरु , पम्पहरु आदी । नेपालमा चार पाड्ग्रे ट्रक्टरको प्रयोग त सन् १९६० तिरबाट नै सुरु भाइसकेको थियो ।
विभिन्न दाता निकाय र अन्तराष्ट्रिय संघसंस्थाको सहयोगमा सन् १९६४मा ६४ ट्रक्टर र ३० पम्प नेपालमा ल्याइएको थियो । सन् १९७० देखि कृषि बिकास बैंक  पनि प्रति र्वष १४ प्रतिशत व्याजदरमा व्याज दिन सुरु गरेको थियो । सरकारले पनि किसानलाई यन्त्रहरुको पहुँचमा  ल्याउन क्रृण दिने व्यवस्था सुरुगरिसकेको थियो । नेपाल एक भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएकाले पाहाडी क्षेत्रमा सडक सञ्जालनले त छुन सकेको छैन ट्रयाक्टरको प्रयोग त सम्भावनामा पनि थिएन । माओबादी आन्दोलन र २०६२–६३ को जन आन्दोलन सकिए सङ्गै  नेपालले कृषिमा निकै ठुलो कड्क मारेको देखिन्छ । कृषिमा उपलब्ध नविनतम प्रविधीधको प्रचुर मात्रामा प्रयोग  भइरहेको देखिन्छ ।
सन् २०१० को तथ्याङ्क हेर्दा नेपालको पूर्वी क्षेत्रमा करिव ५६ प्रतिशत कृषकले आफ्नो सरलताका निम्ति विभिन्न यन्त्र प्रयोग र्गन सुरु गरिसकेका थिए , त्यसै गरी पश्चिम अञ्चल मा ७२ प्रतिशत , सुदुर पशिचममा ३४ प्रतिशत र मध्यपश्चिममा २४ प्रतिशत थियो । यस तथ्याङ्कलाई अधययन गर्दा तराईका समथर भुभाग र धेरैजसो जमिनमा खेती गर्ने किसानहरुले निजि ट्रयाक्टर र पावर टिलर हरु प्रयोग गरेको देखिन्छ भने माध्य र सुदुरका पाहाडी जिल्ला अझै  पनि भौगोलिक कठिनाईका कारण पुग्न सकेको छैन । पाहाडी क्षेत्रको  जमिनको आकरले पनि ट्रयाक्टरहरुको उपयोग गर्न रोकेको हुन सक्छ । पानि तान्ने मोटरहरु र हाते पानि तान्ने मेसिनहरुको प्रयोग पनि तराई क्षेत्रमा वृद्दि भएर १४ प्रतिशत जति पुगेको थियो । सन् २०१५ मा कृषिमा केहिरुपान्तरण ल्याउने हेतुले चिनवाट १००० वटा मिनी टिलर ल्याएर वितरण गरिएको थियो । मिनी टिलरहरुकको उपयोग सजिलो हुने भएकाले अहिले बढी प्रचलनमा छन् । ट्रयाक्टरको प्रयोग तराई क्षेत्रमा जोत्न, ढुवानी र अन्य विभिन्न काममा आत्याधिक रुपमा वृदि  भइरहेको छ भने पाहाडी क्षेत्रमा आझै प्रयोगमा आउन सकेको छैन । तराई क्षेत्रमा पावर टिलर र मिनी पावर टिलरको प्रयोग पनि वढिरहेको छ । कपिलवस्तु र रुपन्देहीमा छिटपुट रुपमा कामवाइन हारभेस्टरको पनि प्रयोग भइरहेको देखिन्छ । मध्यम र्वागिय किसानले कमवाइा हारभेस्टरको किन्न सक्ने अवस्था पनि छैन , यो निकै महङ्गो र निकै वहुउपयोगी यन्त्र हो ।
Agriculture perspective plan (APP)  २०१५ र राष्ट्रिय कृषि रणनिती २००४ ले पनि यान्त्रिकरणलाई विशेष महत्व दिएको थियो । संसारमा विभिन्न देशहरुको कृषिमा नविनतम स्रोत साधनको प्रयोग गर्दे नया“ कृषि क्रान्ति सुरु गरिसकेका छन् । विभिन्न खाडी मुलुकले पनि युद्द पछि कृषिकै मार्फत नयाँरुप  पाइसकेको छन् । भरात र चिनले पनि कृषिमा नयाँरुप पाइसकेका छन् । भारतमा  झन बिहार राज्यमा निजि क्षेत्रले जिरो टिलेज (zero till) मेसिनहरुको वितरण गरिरहेको छ । नेपालमा पनि यान्त्रिकरण र्तफको वाटोमा निजि क्षेत्रले सहयोग पुर्याइरहेको  छन् । नेपाल सरकार र तत्कालिन सोभियत संयुक्तm लगानीमा वि.सि २०२१ सालमा स्थापित कृषि औजर कारखान वि.सि २०४८ सालमा निजिकरण पछी विभिन्न कारणले वन्द भएको थियो । वि.सि २०५९ साल देखि यो कारखाना पुर्ण वन्द अवस्थामा रहेको छ । मन्त्रालयका अनुसार कारखान बन्द भएपछि बार्सिक  ७ र ८ हजार ट्रयाक्टर , पाटपुर्जा , २ हजार ५ मिनि टिलर , ५ हजार ५ सय जति पावर टिलर र करिव ३० जति थ्रेसर मेसिन भारत सहित तेस्रो मुलुकबाट आयात गरिरहेको देखिन्छ ।
कृषिको यान्त्रीकरणका फाइदाहरु :  
१. उत्पादन बढाउन  : यान्त्रिकरणले प्रति इकाई जमिनको उत्पादन बढा“उछ । अध्ययनका अनुसार सन् १९३४–३९ मा  अमेरीका कृषि उत्पादनमा २८ प्रतिशतले वृद्दि भएको थियो जसमध्य १÷४ भाग राम्रो मौसम , १५ %वालीको बिस्तार , जग्गा र क्षेत्रफलको कारणले भएको थियो बाकी  ६०% वालीमा भएको सुधार पशु र मेसिनरीमा भएको सुधारको कारणले भएको  भन्ने गरिएको पाइन्छ । मौसम अनेक बिविधिता भएको हाम्रो जस्तो मुलुकले पनि केही नयाँ  सुधार  ल्याएमा उत्पादन बढाउन सक्ने सम्भावना देखिन्छ ।
२.काममा कम लागत :  कामका लागि क्षमिक पाउन गाह्रो छ । कृषिमा आफ्नो भविष्य नदेखेर गैर कृषिमा युवा वर्गको रुचि बढदै गएको हुँदा  श्रमको प्रयोग गरेर उत्पादन बढाउन त धेरै लागत आवश्यकता पर्ने देखिन्छ । मेसेनरी यन्त्रहरुको सुरुमा साना किसानले  किन्दा त धेरै नै लागत लगाउनु पर्छ तर उत्पादन लागत र उत्पादनहरुलाई ठिक सँग समयोजित गर्दै लगेमा मन्ग्य आम्दानी गर्न सकिन्छ । जुन सरल र सम्भव पनि छ ।
३. काम छिटो र सरल : एक हल गोरुले १ दिनमा २ हेक्टर जमिन जोत्न सक्छ भने ट्रयाक्टरको साहयताले करिब १२ हेक्टर सम्मको जोत्न सकिन्छ । जसको प्रयोगले काम छिटो र किसानलाई कम चाप पर्ने गर्दछ ।
४. आत्मर्निभर र दिगो अर्थव्यवस्था पैदा गर्न सकिन्छ ।
५. यसले कृषि प्रविधीमा अन्य निकै महत्वपुर्ण सुधारहरु ल्याउन सहयोग गर्दछ ।
६  यसले ग्रामिण सामाजिक संरचनामा उल्लेखनिय संशोधन ल्याउछ । उत्पादन वृद्दि भएमा ग्रामिण क्षेत्रका किसानहरुको जिवनस्तर केही हद सम्म उस्काउन मद्धत गर्दछ । यसले किसान हरुको खेतमा गर्नु पर्ने मिहेनत र परिश्रम वाट अति स्वतन्त्र बनाउछ जसले सामजिक संरचनामा केहि परिर्वतन ल्याउन सक्छ ।
७. यसले व्यवसायिक कृषि र्तफ अग्रसर गराँउछ । र्निवाहमुखि , घरेलु वा पारिवारिक व्यवसायिक विधीलाई प्रतिस्थापन कृषि उत्पादनका लागी अन्तराष्ट्रिय वजारको खोजी गर्दछ ।
८.यसले श्रम अभावको समस्या समाधान गर्दछ । बढ्दो वसाई सराई दर र युवा र्वगको विदेश पलायनको श्रमिक अभाव देखा परिरहेको छ । जसले कृषि क्षेत्रलाई निकै ठुलो घाटा व्यर्होन वाध्य वनाइरहेको छ ।
९. यसले गैरकृषि उदेश्यहरुका लागी जनशक्ति  प्रदान गर्दछ । यन्त्रको उपयोग वाट कृषि थालनी गरेको खण्डमा श्रमिकको आवश्यकता तुलनात्मक रुपमा निकै कम हुदै जान्छ । अन्य आर्थिक गतिविधीका निम्ती अतिरिक्त  जनशक्ति  उपलब्ध हुनसक्छ ।
१०. यसले भुमिको राम्रो उपयोग गर्दछ र खण्डिकरण बाट बचाउँछ । उत्पादनमा ह्रास आइरहेको हुनाले पाहाडी क्षेत्रबाट तराईमा वसाईसराईको दर बढिरहेको छ जसले जमिन खण्डिकरणलाई निम्त्याँउछ ।
११. यसले युवा वर्गले कृषि तर्फको आर्कषण बढाउछ र जसले आधुनिक आर्थिक प्रगति र्तफ देशलाई डाेर्याउछ  सक्छ ।
१२. कृषिमा क्षेत्रमा धेरै जसो महिलाहरुलाई प्रयोग गरेको पाइन्छ । यान्त्रिकरणको माध्यमबाट यसलाई कम गर्न सकिन्छ । महिलाहरुको स्थान उत्थानको निम्ती अन्य जीवनपयोगी कलामा लगाउन सकिन्छ ।
चुनौतिहरु :
१. गरिवी : गरिवी एक ठुलो चुनौतिको रुपमा खडा हुन्छ । नेपालमा गरिबले मात्र कृषि पेशा अँगालनु पर्छ भन्ने मानसिकता छ । धेरै जसो कृषकहरु गरिव नै छन् । उनीहरुले ट्रयाक्टर किन्न त मुस्किल देखिन्छ ।
२. सनो आकारका र्फामहरु : पारिवारिक परियोजन र र्निवाहको लागी मात्र सञ्चालन गरिएका र्फामहरुमा ठुलठुलाा यन्त्रहरुलाई प्रयोगमा ल्याउन ग्राहो छ ।
३. आयातमा कठिनाई : नेपालमै उत्पादन नहुने भएकाले विदेशी मुलुकवाट र्गनु पर्ने भएकाले नेपालमा भेरै भन्सार कर तिर्नु पर्ने बाध्यता छ ।
४. दक्ष जनशक्तिको  कमी : र्ममतको लागी स्पेयर र्पाटसको कमी छ र प्रयोगका लागी पनि केहि सिपको आवश्यकता पर्दछ त्यसको कमी छ ।
५. पाहाडी क्षेत्रको जमिनको वनावट तराईको जस्तो नभएकाले प्रयोग गर्न निकै कठिनाई छ ।
सम्पूर्ण चुनौतीहरुको अध्ययन् गरि कृषिलाई यान्त्रिकरण गरि उत्पादनमा वृद्दि गरि आत्मर्निभर अर्थव्यवस्था स्थापित गर्न सकिन्छ । युवा वर्गलाई व्यवसायिक कृषि र्तफ अग्रसर गर्न सकिन्छ । कृषि नै बाँच्ने आधार हो यसको आधुनिकरण , व्यवसायीकरण लागी अगाडी बढ्नु पर्दछ ।