कर्णालीमा आज (शनिबार) १३ संक्रमित थपिए, १८ जना डिस्चार्ज: सक्रिय संक्रमित ३१२ जना


सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिएका छन् । थपिनेहरू सुर्खेतका ७, जुम्लाका १ र रुकुमपश्चिमका २ जना रहेका छन् । त्यस्तै बारा, मकवानपुर र मोरङका १-१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १८ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीभर डिस्चार्ज हुने २ हजार ५८ जना रहेका छन् । प्रदेशभर सक्रिय संक्रमित ३ सय १२ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।