वि.पि. कोइराला युवा नेतृत्व विकास मञ्च सुर्खेत अध्यक्षमा सविन चालिसे


१३ भाद्र, सुर्खेत । विद्यार्थी नेता सविन चालिसे वि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सुर्खेतको अध्यक्षमा चयन भएका छन् ।

उनलाई मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले अध्यक्षको जिम्मेवारी दिएका हुन्।

लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै जननायक वी.पी. कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ-गाउँमा पुर्‍याउने उद्देश्यले गठित मञ्चको सुर्खेत अध्यक्षमा जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

मञ्चले लोकतन्त्रमा विश्वाश राख्ने लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने लोकतन्त्रमा नै सम्मुन्त नेपालको सपना देख्ने युवा नेतृत्व एवं व्यक्तित्व विकास गर्दै लैजाने जनाएको छ ।