देशभर आज थपिए १,२२१ जना संक्रमित, डिस्चार्ज हुने २६७ जना


काठमाडौं । आइतबार १,२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १,२२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३८ हजार ५६१ जना पुगेको छ ।

पछिल्लो पटक आइतबार १,२२१ जना संक्रमित थपिएका हुन् । यसैगरी, २० हजार ८२२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २६७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट २२१ जनाको मृत्यु भएको छ ।