कर्णालीमा आज २६ संक्रमित थपिए, १३ जना डिस्चार्ज: सक्रिय संक्रमित ३३१ जना


सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा २६ जना संक्रमित थपिएका छन् । थपिनेहरू सुर्खेतका ८, सल्यानका ६ र रुकुमपश्चिमका ४ जना रहेका छन् । त्यस्तै हुम्ला, वर्दिया, काठमाडौं र रौतहटका १-१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १३ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीभर डिस्चार्ज हुने २ हजार ७१ जना रहेका छन् । प्रदेशभर सक्रिय संक्रमित ३ सय ३१ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।