सुर्खेतका ३७ सहित कर्णालीमा सोमबार ४० संक्रमित थपिए, सक्रिय संक्रमित ३५६ जना


सुर्खेत, १५ भदौ । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४० जना संक्रमित थपिएका छन् । थपिनेहरू सुर्खेतका ३७ र बाँके, जुम्ला र बैतडीका १-१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १५ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीभर डिस्चार्ज हुने २ हजार ८६ जना रहेका छन् । प्रदेशभर सक्रिय संक्रमित ३ सय ५६ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।