वीरेन्द्रनगरमा उद्यमीलाई जग्गा र विधुतको ठुलो समस्या: व्यवसायी कँडेल


 


कर्णाली प्रदेशस्थित थिंक ट्यांक ऋति फाउन्डेसनको नियमित वहस कार्यक्रम सवाल उद्यमीकोमा गरिएको संवादको सम्पादित अंश :

जब आफुले गरेको व्यवसाय र आफुले गरेको सेवाले ग्राहकलाई सन्तुष्ट पार्न सकिन्छ । केहिलाई रोजगारी दिन सकिन्छ । त्यो नै व्यवसायको सुख हो ।

कर्णाली प्रदेश उद्यमीका लागि सुनौलो भविष्य भएको प्रदेश हो यहाँ उद्यमीले उद्यम गर्न धेरै अवसर छन् । तर उद्यमीलाई उत्प्रेरित गर्ने नीति आवश्यक छन् । उद्यमीलाई सरकारका विभिन्न नितिहरूले रोकेका छन् । वीरेन्द्रनगरमा उद्योग खोल्न जग्गा अभाव छ । खै त ठुलो अौधोगिक क्षेत्र ? सानो अौधोगिक क्षेत्र छ । अहिले हामिकहाँ विद्युत अनियमित छ । यसले धेरै समस्य पारेको छ । यहाँ १३३ केभि प्रशारण लाइन बज्न आवश्यक छ । यहाँको एअरपोर्ट सानो छ । ठुलो जअाज बस्न सक्दैन । र अर्को कुरा निजि क्षेत्रप्रति सरकारको नजर परिवर्तन जरुरी छ । तीनै तहका सरकारले निजि क्षेत्रलाइ नाफा कमाएर सरकारलाई कर तिर्नेरूपमा बुझ्न जरुरी छ । यसमा सरकारले ध्यान दिन जरुरी छ ।

उद्योग वाणिज्य संघ सुर्खेतले कोरोना भाइरसबाट वच्न चैत्र ९ गतेदेखि व्यवसाय बन्द गर्यौं । हाम्रा विदेशबाट आएका नेपाली नागरिकलाई सिमानामै क्वारेन्टाइन र आइसोलेसन बनाई चेकजाँच गर्नबाट हामी चुकेकोले धेरै समय लकडाउन गर्नुपर्यो र कोरोना समुदायस्तरमै पुग्यो । अहिले व्यवसायीलाई धेरै समस्या परिरहेको छ । उद्यमीले आफ्ना स्टाफ पाल्न, घरभाडा र किस्ता तिर्न समस्या छ । सबैको रोजिरोटो गुमेको छ । अब व्यवसायी सडकमा आउनमात्रै बाँकि छ ।

कृषि, शिक्षा, यातायात र पर्यटन सबै क्षेत्र लकडाउनका कारण धरासयी बनेका छन् । अब यश अवस्थामा लकडाउन नै सबै समस्याको समाधान होजस्तो मलाई लाग्दैन । सुरक्षाका उपकरण प्रयोग गरि व्यवसाय संचालन गर्न जरुरी छ । व्यवसाय संचालन हुन सकेनन् भने देशमा अार्थिक महामारी आउनसक्छ ।

कर्णालीमा कृषि, खानि खनिज वा अन्य व्यवसायमा कर्णालीमा ठूलो अवसर छ । नयाँ उद्यमीलाई कर्णालीमा कुन क्षेत्रमा लगानि गरि व्यवसाय गर्न चाहानुहुन्छ हामी सहयोग गर्न तयार छौं । व्यवसायी सफल हुनु भनेको देशको अर्थतन्त्रमा योगदान पुग्नु हो ।

कर्णाली प्रदेश जडिबुटीको हब हो । सुर्खेतमा प्रशोधन उद्योग स्थापना गरि हामिले निर्यात गरि फाइदा लिनसक्छौं । यहाँ खानि खनिजको पनि अत्याधिक धेरै सम्भावना रहेको छ । त्यस्तै अर्गानिक कृषि पनि यहाँको सम्भावना हो । जस्तैः जुम्लाको स्याउ, मार्सि, ओखर । जसलाई नेपालभर र विदेशमा निर्यात गर्नसके धेरै फाइदा हुनेछ । र चौकुने सिमेन्ट उद्योग । यदि त्यो संचालनमा आउन सक्यो भने हजारौंले रोजगारी पाउँछन् । जलविद्युतको सम्भावना पनि उत्तिकै छ ।

सुर्खेतको अौधोगिक क्षेत्रमा कुनै उद्यमीले व्यवसाय गर्दैगर्दा त्यहि लगानिको धितो राखेर उहाँलाइ बैंकले ऋण पत्याउँदैन । नेपाल सरकारले व्यवसायीलाई परियोजना आधारमा ऋण दिन भनेपनि बैंकले मान्दैनन् । जायजेथा बेचेल उद्यम गर्न लागेका व्यवसायीलाई ऋण गर्न छुट्टै धितो राख्ने सम्पति आवश्यक पर्ने बाध्यता छ । सरकारले यश विषयमा ध्यान दिएको छैन । कुनै परियोजना चलेपछि लाखौं कर तर्ने र हजारौंलाई रोजगारी दिनसक्ने छ त्यसलाई ऋण नदिने ? हामिसंग प्रयाप्त अौधोगिक क्षेत्र छैन । यहाँ ५० करोडको व्यवसाय गर्न ३ अर्बको जग्गा किन्नुपर्ने बाध्यता छ । कुनै ठाउँमा एउटा उद्योग खुल्छ । त्यसकै आधारमा वरिपरि बस्ती बस्छ । पछि गएर त्यहि बस्तिले उद्योगलाई किचकिच गर्छ । यहाँ विद्युत अनियमित हुनाले उपकरण बिग्रिन्छन् । उपकरणको मर्मतमा धेरै पैसा खर्च हुन्छन् ।