प्रमुख प्रशासकीय अधिकृत ढकाललाई निजामती सेवा पुरस्कार


निजामित सेवा पुरस्कार २०७७ का लागि कर्णाली प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल छनोट भएका छन् ।

हरेक बर्ष निजामती सेवा दिवसको अवसरमा सरकारले प्रदान गरिने उक्त पुरस्कार यस १७ औ निजामती सेवा पुरस्कारका लागि ढकाल छनोट भएका हुन् । ढकाल सहित छनोट भएका तीस जना जनाले जनही ५० हजार रुपैयाँ राशीको पुरस्कार पाउने छन् । सरकारले प्रदान गर्न लागेको पुरस्कारले कामप्रतिको जिम्मेवारी र इमानदारीता बोध भएको ढकालको प्रतिक्रिया छ ।

जिल्लामा रहेर काम गर्दा सरकारले उच्च मुल्यांकन गरिदिएको छ यसका लागि मन्त्रालयलाई धन्यवाद व्यक्त गर्दै ढकालले भने, ‘निजामति क्षेत्रमा अझै थप जिम्मेवारीका साथ काम गर्ने मनोवल बढाएको छ ।’