खोलामा मृत अवस्थामा भेटिए स्वास्थ्यकर्मी, घटनाबारे बुझ्दै प्रहरी


कालिकोट। स्वास्थ्यकर्मीको खोलामा शव भेटिएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका– ४ निवासी ४० वर्षीय स्वास्थ्यकर्मी रतन बोगटीको मृत अवस्थामा फेला परेका हुन् । जनयुद्धका बेला स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरेका बोगटी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

लामो समयदेखि गाउँपालिकाको वडा नं.‌ ६ माल्कोटमा आफ्नै निजी मेडिकल सञ्चालन गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका बोगटी गत आईतबार २१ गते रातिदेखि हराएको सूचना पारिवारिक स्रोतले दिएको छ ।

स्थानीयवासी तथा आफन्तको खोजीकार्य जारी हुँदै आएकोमा बुधबार वडा नं.‌ १ कोटबाडाको अधेरीखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको बारेमा थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलतर्फ केन्द्रित भएको ईलाका प्रहरी कार्यालय कुमालगाउँका ईन्चार्ज लोकराज योगीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटले पनि खोजिकार्य जारी रहेको बताएको छ ।