अध्यक्षलाई कोरोना संक्रमण भएपछि सिम्ता गाउँपालिका सिल


दुर्गा विसी
सल्लीबजार, २५ भदौं ।
कोरोना महामारी नियन्त्रणमा खटिनु भएका सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना रिपोर्ट पोजेटिभ आएको छ । गाउँपालिका अध्यक्ष र केही कर्मचारीमा कोरोना देखिएपछि एक हप्ता सिम्ता सिल हुने भएको छ ।

सिम्ता गाउँपालिकाका कर्मचारी र उहाँको सम्पर्कमा रहनु भएका जनप्रतिनिधि, कर्मचारीहरु क्वारेन्टाइन बसिसक्नु भएको छ भने निमित्त प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर राना, चालक निरक रावत र अध्यक्ष केसी भने बागेश्वरी माविको आइसुलेसनमा बस्नु भएको छ । करिव ७ महिना गाउँपालिकामा कोरोना न्युनिकरण नागरिकको सुरक्षाका लागि केसीको अतुलनीय भुमिका छ ।

यद्यपी उहाँ आफै कोरोना संक्रमित हुनु भएको छ । नागरिकको जिउज्यान बचाउन र संरक्षणमा खटिदा उहाँ आफै संक्रमित हुनु भएको छ । क्वारेन्टाइन र आइसुलेसनमा पुगेर दैनिकी कोरोनासम्बन्धि सजगता र नागरिकको मनोवल बढाउने कार्यमा उहाँको मुख्य भुमिका रहेको थियोे ।

साथै आइसुलेसनमा रहेका कोरोना पोजेटिभ नागरिकलाई योगा सिकाउने कार्यमा समेत अध्यक्ष आफै खट्नु हुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परिक्षण गरिएको थियोे । साथै गाउँपालिका अध्यक्षसँगको सम्पर्क र घुलमिल रहेका सबैको कन्ट्याक्ट् ट्रेसिङ हुने भएको छ । एक हप्ता गाउँपालिका सिल गरी उक्त कार्य गरिने जनाएको छ ।