विद्यालय कर्मचारी संघको केन्द्रीय अध्यक्षमा सुर्खेतका केसी चयन


विद्यालय कर्मचारी संघको केन्द्रीय अध्यक्षमा सुर्खेतका सुर्खेत । नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्षमा सुर्खेतका सशीकुमार केसी सर्वसम्मत चयन भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज पन्त (डडेल्धुरा), महिला उपाध्यक्षमा सुनिता विष्ट –ललितपुर) चयन भएका छन् । १५ सदस्यीय केन्द्रीय महासचिव मा राजेन्द्र थुयाजु (भक्तपुर), उप–महासचिवमा महेन्द्र बि.क. (सुर्खेत), उप–महासचिव अर्थमा सोमित उप्रेती (दोलखा), सचिव अर्थमा हिमान्सु चौधरी –बर्दिया) र सचिव रम्बा अधिकारी (काठमाडौं) छन् ।

केन्द्रीय समितिको सदस्यहरुमा केन्द्रिय सदस्यहरु दिविराम भुसाल (काठमाडौं), भेषराज पौडेल –चितवन), तेज बहादुर शाही (दैलेख), भक्त बहादुर मगर (सर्लाही), पवनसिंह कठायत (जुम्ला), युवराज लामा (उदयपुर) र चिरञ्जीवी चौधरी (बाँके) छन् ।

यस्तै, सदस्यहरुमा रमेश बहादुर खडका (कञ्चनपुर), रिकेश श्रेष्ठ (धनकुटा), धर्मराज शाही (हुम्ला), ओम नारायण निरौला (झापा), प्रमोदप्रसाद रायथारु (पर्सा), लोक बहादुर बुढा (जाजरकोट), राजेन्द्र चौधरी (दाङ) र प्रेमबहादुर बिश्वकर्मा (संखुवासभा) छन् ।

केन्द्रीय कार्यसमितिले सात वटै प्रदेशमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रदेश १ अध्यक्षमा देविकुमारी रावत (उदयपुर), प्रदेश २ मा राम शंकर यादब (धनुषा) बागमतिमा लव बानियाँ (ललितपुर), गण्डकीमा कल्याण भिलाजु –कास्की), प्रदेश पाँचमा प्रेम पुन –बाँके), कर्णालीमा जगत सिह (सुर्खेत) र सुदूरपश्चिममा युवराज नायक –कैलाली) रहेका छन् ।