दैनिक ३ सय बढि नागरिक जान्छन् गुराँसेमा भ्यु टावर हेर्न


सुर्खेत ।
कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गुराँस गाउँपालिका दैलेख स्थित भ्यु टावर र गुम्बाको शनिबार अनुगमन गरेका छन् । अनुगमनमा भ्यु टावर को जिम्मेवार लिने उपभोक्त समितिलाई मन्त्री बुढाले धन्यवाद ज्ञापन गरे।
मन्त्री बुढाले वीरेन्द्रनगर नगरपालिका १३ स्थित ठिल्ले ताक्तेलिङ गुम्बा पनि अनुगमन गरेका छन ।

भ्यु टावर निर्माण समितिका अध्यक्षले निर्माण पुर्ण नहुदा पनि दैनिक भ्यु टावरमा ३०० देखी ४०० जना पर्यटक हरुको आवतजावत हुने गरेको दावी गरेका हुन् ।