कर्णालीमा खुला सरकार साझेदारी कार्यशाला


सुर्खेत २८, भाद्र ।
कर्णाली प्रदेशमा खुला सरकार साझेदारी कार्यशाला आयोजना गरिएको छ ।
कर्णालीमा कानुन निमार्ण, सुसासन, सुचनाको हक, जवाफदेहिता र पार्दशिताको क्षेत्रमा सहजीकरण गर्न कार्यशाला आयोजना गरिएको हो ।
कर्णाली फाउण्डेसनको आयोजनामा संचालन गरिएको कर्णाली प्रदेश स्तरिय भर्चुवल कार्यशालामा पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी वास्कोटा र नेपाल पत्रकार महाँसघका पुर्व सभापति तथा सुचनाको हकका अभियान्ता तारानाथ दाहालले खुला सरकार र सुचनाको हक सम्बन्धी प्रस्तुती गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतीकरण गर्दै पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी वास्कोटाले खुला तथ्याङ्ग,सुचनाको हक, सम्पतीको घोषणा लगाएतका विषयमा नागरिकको पहुच वढाउन खुला सरकार साझेदारी कार्यक्रम आवश्यक भएको वताउनुभयो ।
वाँस्कोटाले संसदिय ब्यवस्थामा नागरिकको सहभागीता वढाउने र कर्णाली प्रदेशमा संसदिय समितिमा प्रवेश गराएर छलफल गर्न कर्णालीका सभासदहरुलाई सुझाव दिनुभयो । कर्णाली प्रदेश सरकारले खुला सरकार साझेदारीको विषयवस्तु अध्ययन गर्न उच्चस्तरिय समिति गठनको घोषणा गर्न समेत वाँस्कोटाले आग्रह गर्नुभयो ।
कार्यशालामा संसदिय खुलापन,अवधारणा र अभ्यासका लागी खुला सरकार साझेदारी कार्यक्रम आवश्यक भएको सुचनाको हकका अभियान्ता तारानाथ दाहाले वताउनुभयो । “संसदिय मुल्यमान्यता अनुसार खुला सरकारको अभ्यास आवश्यक छ, संसद सरकार र नागरिकलाई जोड्न यो कार्यक्रम आवश्यक हो । पारदर्शिता,जवावदेहिता, आचरण र नैतिक प्रणाली अभ्यास गर्न सुचनाको सहज पहुच हुनु यसको उद्देश्य हो” उहाँले भन्नु । नागरिकको सहभागीता सुनिश्चत गर्न तथा संसदको काम कारवाहीहरुमा जनताको निगरागी वढाउनु पर्ने समय आएको दाहाले वताउनुभयो । साथै यहाँले स्थानीयतहमा निमार्ण गरिने विधेयकहरु छलफलका लागी आममा ल्याएर पास गराउने तर्फ जनप्रतिनिधिहरुलाई सुझाउनुभयो ।
सुचनाको हक प्रयोग गर्दा स्वार्थ भन्दा माथी उठेर गर्नुपर्नेमा कर्णाली प्रदेश सभाका सदस्य सिता नेपाली जोड दिनुभयो । स्वार्थमा केन्द्रित भएर सुचना माग्ने र पछाडी विभिन्न वाहनामा सेलाउने गरेको भन्दै संविधानले ब्यवस्था गरेको अधिकार प्रयोग गरेर सहिसुचना प्रवाह गर्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले कर्णालीमा सुचनाको हकको कार्यान्वयन र प्रयोगको अवस्थाका वारेमा आ–आफनो धारणा ब्यक्त गरेको कर्णाली फाउण्डेसनका प्रमुख नारायण भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सभाका सभासदहरु, प्रदेश सरकारका सचिवहरु, कर्णालीका स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारीहरु, सुचनाको हकका अभियान्ताहरु,अधिकारकर्मी तथा पत्रकारहरुको सहभागीता रहेका भट्टराईले जनाउनुभयो ।