रातानाङ्गला नजिकै ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यू


सुर्खेत । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको ना४ख ७७५५ नम्वरको ट्रक बाक्लो हुसुले सडक नदेखीएपछि दुर्घटना भएको छ ।

दुर्घटना हुँदा सडकदेखी २ सय मिटर भिरतिर खसेको जनाईएको छ । रातानाग्लादेखी धरमपोखरा जाने सडकको ३ मिटर नजिक उक्त ट्रक दुर्घटना भएको हो ।

बाक्लो हुसु लागेका कारण सडक देख्न समेत मुस्किल भएकाले दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएका छन् । ट्रक विजुलीको पोल झारेर सुर्खेत तर्फ फर्कदै थियो । पश्चिमनेपाल