सांसद मन्त्रीनै उद्घाटन, शिलान्यास र भाषणमा व्यस्त, सयौंको भिडले थप जोखिम
सुर्खेत । देश यतिबेला विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) ले ग्रसित छ । गएको चैत महिनादेखि शैक्षिक संस्थाहरू पुर्ण रूपमा ठप्प छन् । गएको चैत ११ गतेदेखि करिब ४ महिना देश नै लकडाउन भयो । त्यसपछि पनि संक्रमण बढि दृखिएका विभिन्न जिल्लाहरूमा स्थानीय प्रशासनले निषेधाज्ञा गर्यो ।
अहिले कर्णाली प्रदेशमा कोरोना संक्रमणको अवस्था त्यति सामान्य भइसकेको छैन । करिब तीन सयभन्दा बढि सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् । दैनिक संक्रमित थपिएकै छन् । सुरुमा बाहिरबाट आएका व्यक्तिलाई संक्रमण देखिएपनि अहिले समुदायकै व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा व्यापारीलाई समेत संक्रमण देखिइरहेको छ । यश अवस्थामा सरकारले विभिन्न सार्वजनिक तथा औपचारिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
तर केहिदिन यता कर्णाली प्रदेशका मन्त्री र सांसद नै औपचारिक कार्यक्रम उद्घाटन गर्न र भाषण गर्न व्यस्त छन् । उनिहरूले कोरोना संक्रमणको जोखिम त बढाएकै छन् । सरकारको कोरोनाविरूद्वको सतर्कता अपनाउने सन्देशलाइ समेत कुल्चिएका छन् । प्रदेश सरकारबा लगभग सबैजसो मन्त्री र केही सांसदहरू यतिबेला उद्घाटन, शिलान्यास, पार्टी प्रवेश गराउने, अनुगमन लगायतका काममा भ्याइनभ्याई पुग्ने गरेका छन् । त्यहाँ उनिहरू आफुमात्रै जादैनन् सयौ नागरिकको भिडसमेत लगाउँछन् । जसले गर्दा कोरोना संक्रमणको थप जोखिम निम्तिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृहजिल्ला कालिकोटमा उत्पात मच्चाइरहेका छन् । कोरोना अस्पतालको उद्घाटन गर्न उनी केहिदिन अघि कालिकोट पुगेका थिए । के उद्घाटन मुख्यमन्त्रीले गर्नैपर्छ भन्ने छ र ?
यो तस्बिरमा हेर्नुस् ।
उनी कालिकोटमा पार्टी प्रवेश गराउनमा समेत पछि परेनन् । केही जमातलाई भेला गरेर मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री दल रावलले पार्टी प्रवेश समारोहमा भाषणसमेत गरे ।
यो फोटो हेर्नुहोस्



आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यतिबेला सल्यानमा भेला गर्दै हिँडिरहेका छन् । उनी पनि के कम सडकको शिलान्यास गर्न पुगे । यो तस्बिर हेर्नुस् । के सडक ज्वालाले उद्घाटन नगरे समयमै नसकिने हो ? या के समस्या थियोे होला यस्तो परिस्थितिमा उद्घाटन गर्न जानैपर्ने ?
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र सभामुख राजबहादुर शाही गएको भदौ २५ गतेदेखि दैलेखमा छन् । उनिहरूले दैलेखका कम्तीमा ५-७ ठाउँमा कार्यक्रममा भाषण गरे । डेरी उद्घाटनमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा मन्त्री केसी र सभामुख शाहीले करिब ४ सय बढि नागरिक भेला गरि भाषण गरे ।
यो तस्बिर हेर्नुस्



उनिहरू त्यतिमात्र होइन विभिन्न स्थानमा उद्घाटन, भाषण र शिलान्यासमा व्यस्त रहे । उनिहरू आफुमात्र हिँडेनन्, प्रदेशसभा सदस्यहरू अमरबहादुर थापा र सुशील थापालाई समेत साथमै हिँडाए ।
यी तस्विरहरू हेर्नुहोस् ।
दैलेख क्षेत्र नं २ क का प्रदेशसभा सदस्य सुशील थापामाथि सोमबार आक्रमण प्रयास भएको खबर विभिन्न मिडियामा आयो । यस्तो विषम परिस्थितिमा सयौं नागरिकहरू भेला गरेर उनी पनि पार्टी प्रवेश गराउनमा व्यस्त थिए ।
यो समाचार हेर्नुहोस्

त्यतिमात्र होइन सांसद थापाले भैरवी गाउँपालिकाका विभिन्न स्थानमा केही समय अघिदेखि भेला गर्दै भाषण गरेका फोटोहरू प्राप्त भएका छन् ।
यी फोटो हेर्नुस्
यसर्थ कोरोना जोखिममा नागरिकहरू थुनिएर बस्ने नेताहरूले मस्ति गर्नु ‘सानालाई एन, ठुलालाई चैन’ हुनुसरह हो । जिम्मेवार राजनीतिक दल, सांसद र मन्त्रीले नै सार्वजनिक भेला, अनुगमन, उद्घाटन जस्ता कार्यमा संग्लग्न हुँदा कोरोनाको जोखिम थप बढेको छ ।
