असोज ५ गतेदेखि लामो दुरीका सवारी सञ्चालन हुने


सरकारले असोज ५ गतेदेखि अन्तर जिल्ला जाने सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका सवारी र आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्यका मापदण्ड पालना गरेर हवाई उडान र सार्वजनिक सवारी खोल्न् दिने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि आन्तरिक उडान र यातायात बन्द भएका थिए । पछिल्लो पटक जिल्लाभित्र सवारी सञ्चालन गर्दै आएपनि अन्य जिल्ला जान रोक लगाइएको थियो ।