स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा सुरेश तिवारी मनोनित


काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त  ढकालले स्वास्थ्य बीमा बोर्डको सदस्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक जनस्वास्थ्य सल्लाहकार   डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनयन गरेका छन्।

बुधबार मन्त्री ढकालले बोर्डको सदस्यमा मनोनयन गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतिले जानकारी दिए।

उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ। मन्त्री ढकालले डा तिवारीलाई विज्ञ र विमितका तर्फका थापालाई मनोनयन गरेको बताइएको छ।

स्वास्थ्य बीमा ऐन २०७४ मा सम्बन्धित विषयमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिला सहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ।

मनोनियत दुबै सदस्यले बुधबार नै स्वास्थ्यमन्त्री ढकालको उपस्थितमा बोर्डका अध्यक्षबाट सपथ लिएका छन्।