करेन्ट लागेर एक जनाको मृत्यु


दैलेख । जिल्लाको भैरवी गाउँपालिका वडा नं २ वडिमाईमा विद्युतको पोल डाढ्ने क्रमा करेन्ट लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ ।
नयाँ पोल विस्तार गर्ने क्रमा करेन्ट लाग्दा भैरवीगाउँपालिका वडा नं. २ का २४ बषिय पुस्कर थापाको ज्यान गएको र वडा नं २ का भुपेन्द्र थापा घाइटे भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इङ्गलिस पेक्टर उपेन्द्र आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार विद्युतको पोल गाड्ने क्रममा पोल ढलेर अर्काे विद्युतको तारमा लाग्दा करेन्ट लागेको र घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।