देशभर मंगलबार थपिए १ हजार ५३९ जना संक्रमित, निको हुने १ हजार ६८


काठमाडौं । बुधबार देशभर १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ५३९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५८ हजार ३२७ जना पुगेको छ । पछिल्लो पटक बुधबार १ हजार ५३९ जना संक्रमित थपिएका हुन् । यसैगरी ४१ हजार ७०६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा हुने १ हजार ६८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ३७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको हो ।