कोरोना कमाण्डर आईशोलेसनमा !


६ असोज, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय सुर्खेतका लेखा अधिकृत हरि बहादुर क्षेत्री भदौ ३० गतेका दिन कोरोना संक्रमित भई हाल आईशोलेसनमा बसेका छन् ।
नगरपालिकाको लेखा शाखामा कार्यारत दुई जना कर्मचारी लाई कोरोना पोजेटिभ देखिए लगतै लेखा अधिकृत लगायत अन्य कर्मचारीले पनी चेक गर्दा ३ जनाको कोरोना संक्रमित वनेको सितलपाटी संग टेलिफोन कुराकानीमा क्षेत्रीले वताए।
आफ्नो शाखाका दुई कर्मचारीमा सामान्य विरामी देखिएकोले उनीहरुलाई सञ्चोभए पश्चात चेकजाच गर्दा पोजेटिभ देखिएकोले कन्ट्रयाक ट्रेसिङ्ग गर्दा आफु सहित अन्य दुई कर्मचारीको पनी रिपोर्ट पोजेटिभ आएको उनले वताए ।
कोरोनाको महामारी फैलन थालेसंगै गत चैत्र देखि नेपाल सरकारले लकडाउन गरेपछी वीरेन्द्रनगर नगरपालिकाले पुर्व सावधानी गृह व्यवस्थापन समितिको जिम्मेवारी दिएको थियो । उनी आधा रातसम्म क्वारेन्टाइन व्यवस्थापनको काममा खटिने गरेको उनका सहकर्मीहरु वताउछन। दिनौ भित्रने सयौ मानिसहरुको वस्ने स्थान, खाने व्यवस्थाका साथै सुताउनेसम्मको व्यवस्था गर्नु चानचुन विषय नभइ बढो कठीन स्थिति हुदाहुदै क्षेत्री अवरात्र खटिएको नगरबासीहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाले चैतमा वनाएको होल्डिङ् सेन्टरलाई पछि गत वैसाक ७ गतेदेखि पूर्व सावधानी गृहको रुपमा परिणत गरेको थियो।
भारतका विभिन्न ठाउँबाट घर फर्कनेहरुको लामोलाईन लाग्दै गएपछि कर्णाली प्रदेश सरकार निकै दवावमा परेको थियो। अवस्था प्रतिकुल वन्दै गएपछि वीरेन्द्रनगर नगरपालिका क्वारेन्टाइन व्यवस्थापन गर्न अगाडि आएको थियो।
वीरेन्द्रनगरले गत असार मसान्तसम्म विभिन्न वडाका १० ठाउँमा पूर्व सावधानी गृह संचालन गर्दै १ हजार ७ सय ६५ जनालाई क्वारेन्टाइनमा राखेको थियो। प्रदेश सरकारले क्वारेन्टाइन स्थल खोज्नै नसकिरहेको वेला नगरपालिकाले मध्यपश्चिम विश्व विध्यालयका भवन र नगरका विध्यालयहरु लिएर क्वारेन्टाइन वनाउन सुरु गर्यो।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी समेत भएकोले वीरेन्द्रनगर वासीको मात्रै नभई समग्र कर्णाली प्रदेशकै भार आफूहरुले उठाउनु परेको क्षेत्रीले वताए । यसविचमा नगरपालिकाले ५ हजार ७ सय ९६ जनालाई होल्डिङ् सेन्टरमा राखेर सेवा दिएको थियो।
कोरोनाको त्रासवारे सुरुका दिन सम्झद‌ै लेखा अधिकृत क्षेत्री भन्छन्, ‘पूर्वसावधानी गृह वनाउन ठूलै लडाई लडियो, कहि समुदायले अवरोध गर्यो कहि विध्यालय प्रशासनले नै। कुनै विध्यालयमा गेट खोल्न प्रहरी लिएर जानू परेको र ताला नखोलेपछि तोड्नु परेको समेत उनी सम्झन्छन् ।
तरपनि वीरेन्द्रनगरले गरेको क्वारेन्टाइनको व्यवस्थापन कर्णालीका कुनैपनि ठाउँमा भएका भन्दा उत्कृष्ट रहेको उनले दावी गरे। व्यवस्थापनका क्रममा कुनै घटना नभएको, उनले भने।
परिवारका सदस्यको कन्ट्रयाक ट्रेसिङ्ग गर्दा सम्पुर्णको रिपोर्ट नेगेटिभ आएकोले थप उर्जा सहित आफु कोरोना पोजेटिभ भएकोमा कुनै चिन्ता नलागेको भन्दै चाडैं कोरोना जितेर घर फर्कि दैनिकि कामकाजमा थप उर्जा तथा शतर्कता अपनाउदै कार्य गर्ने उनले वताए। अवस्था सामान्य हुदै गएकोले साउन १ गते देखी उक्त समितिले गर्दै आएको काम हाल नगर स्वास्थ्य शाखाले जिम्मेवारी लिएको छ ।