प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


११ असोज , सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।

समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए ।