भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो


काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने कुल संख्या ९५ हजार ५७४ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा त्यहाँ एक हजार ४० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

 

वर्ल्डोमिटर्सका अनुसार थप ८२ हजार ७६७ जनामा संक्रमण पुष्‍टि भएको छ। योसहित कुल संक्रमित ६० लाख ७३ हजार ३४८ पुगेका छन्।

 

अहिलेसम्म भारतमा ५० लाख १३ हजार ३६७ जना संक्रमणमुक्त भएका छन्।

 

अहिले सक्रिय संक्रमित नौ लाख ६४ हजार ४०७ जना छन्। तीमध्ये ८ हजार ९४४ जना गम्भीर छन्।