सम्झनाको न्यायको निम्ति सुर्खेतमा प्रदर्शन


बलत्कार गरि निर्मम हत्या गरिएकि सम्झना बिक र उनको परिवारलाई न्याय दिलाउन सुर्खेतमा प्रदर्शन गरिएकाे छ । कर्णाली अध्यन केन्द्र नेपाल द्वारा  अाइतबार मगंलगढी चोकमा प्रदर्शन गरिएकाे हाे ।

बलात्कारिलाई फाँसी दे!, पीडितलाई न्याय दे! justice for samjhana, मानवीयता कायम गरौं!, महिला हिंसा अन्त्य गरौं!! लगायतका नारा  लगाउदै  प्रदर्शन वीरेन्द्रचोकमा पुगेर कोणसभा परिणत भएको थियो। कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले मन्तव्य तथा कविता राखेका थिए।

सरकारले बलात्कारिलाई फाँसी सम्मको कडा भन्दा कडा सजाय दिलाउन ऐन तयार गरि लागू गर्नुे माग उनिहरूले राखे। कार्यक्रम मैन बति बालेर न्यायलाई दबाबको राग संकेत गरि सकिएको थियोे।