जिप दुर्घटनामा परि चालककाे मृत्यु


कालिकोट। जिल्लाकाे तिलागुफा नगरपालिका स्थित खल्गागाडमा मा जिप दुर्घटना हुदाँ चालककाे मृत्यु भएकाे छ । कर्णाली राजमार्ग स्थित तिलागुफा नगरपालिका खल्ला खोलामा बाेलेरो जिप दुर्घटना हुँदा गाडि चालकको मृत्यु भएको हाे । सुर्खेत भेरगिंगा नगरपालिका १२ निवासी गाडी चालक २८ वर्षिय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
सुर्खेत देखी जुम्ला जाँदै गरेको लु. २ च २४१२ नम्बरको जिप सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको हाे । गाडि सहचालक सुर्खेत निवासी दिपक डाँगी घाईते भएको जनाइएको छ । कालिकाेट प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने, घटना स्थलमा प्रहरीको टोली पुगिरकेकाे बताएका छन् ।