कर्णालीमा थप ५७ जनामा कोरोना पुष्टि


कर्णाली प्रदेशमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, जुम्ला, दैलेखका दुई/दुई, मुगु र अन्य प्रदेशका एकएक गरी ५७ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत रामप्रसाद सारुले बताए ।

योसँगै कर्णालीमा संक्रमित हुनेको संख्या ३ हजार ५ सय ५१ पुगेको छ । बुधबार कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३४ जना स.क्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

योसहित कर्णालीमा कोरोनामुक्त हुनेको संख्या २ हजार ९ सय ३९ पुगेको छ । जसमध्ये प्रदेशभरी ५ सय २९ जना सक्रिय संक्रमित छन् ।